
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका साथ आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिको १५औँ नगरसभामा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगरप्रमुख मनोजकुमार साहले ‘स्वच्छ, सुशासित, समृद्ध पर्यटकीय तथा सांस्कृतिक जनकपुरधाम’को परिकल्पनालाई साकार पार्न पर्यटकीय पूर्वाधार विकासमा जोड दिने घोषणा गरे ।
आगामी आर्थिक वर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुहुँदै नगरप्रमुख साहले अधुरा योजना सम्पन्न गरिने बताए । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले आगामी आवका लागि रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।
नगरसभामा वडा नं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु एक अर्ब ४२ करोड ७७ लाख नौ हजार र पुँजीगततर्फ रु एक अर्ब २२ करोड २२ लाख ५३ हजार विनियोजन गरिएको छ ।
गरी रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ रु पाँच करोड ९४ लाख ५४ हजार ४०८ र सामाजिक विकासतर्फ रु ८३ करोड २८ लाख ९८ हजार सात सय ६२ विनियोजन गरिएको छ ।
पूर्वाधार विकासतर्फ रु ९१ करोड २२ लाख ७८ हजार आठ सय ३०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि रु ३१ करोड ७४ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ५३ करोड रकम विनियोजन गरेको वडाध्यक्ष पञ्जियारले जानकारी दिए ।











समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर