
काठमाडौं । वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू ‘सुपर–स्प्रेडर’ अर्थात् तीव्ररूपमा सङ्क्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन् । समुद्री जीवविज्ञानीहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाडी र ओमानको खाडीबीचको महत्त्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षासम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । यो प्रतिवेदन ‘बायोलोजिकल इन्भेसन्स’ नामक जर्नलमा प्रकाशित छ ।
वैज्ञानिकहरूका अनुसार ठूलो सङ्ख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन् । यस अवधिमा समुद्री जीवहरू र अन्य गैरस्थानीय प्रजातिहरूले जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन् ।
प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन् । यसले समुद्री पारिस्थितिक प्रणालीमा ठूलो स्तरमा उल्लेखनीय असर पार्न सक्ने र ‘सुपर–स्प्रेडर’ जैविक अतिक्रमणजस्तै अवस्था सिर्जना गर्न सक्ने वैज्ञानिकहरूको चिन्ता छ ।
प्रतिवेदनका अनुसार गएको फेब्रुअरीदेखि पर्सियन/अरबी खाडीमा झन्डै १ हजार ५०० जहाजहरू अलपत्र परेका छन् । यस्तै ओमानको खाडीमा पनि सयौँ जहाजहरू रोकिएका छन् । लामो समयसम्म एकै ठाउँमा स्थिर रहने जहाजहरूमा धेरै समुद्री सूक्ष्मजीव, लेउ र मेरुदण्डविहीन जीवहरू छिटो टाँसिन्छन् र त्यहाँ हुर्कन थाल्छन् । यसलाई ‘बायोफाउलिङ’ भनिन्छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान