
काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष टी–२० क्रिकेट प्रतियोगितामा नेपाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले अफगानस्थानलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
जितका लागि पाएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि सन्दीप जोराले ३४ रनको पारी खेले । त्यस्तै रोहीत पौडेले अविजित ३३ रनको पारी खेले भने कप्तान दीपेन्द्र सिंह ऐरिले पनि १५ रनको पारी खेले ।
यस अघि नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे पछि अफगानस्थान १०२ रनमै रोकेको थियो । नेपाली स्पिनरहरूको उत्कृष्ट बलिङ सामु अफगानिस्तानको ब्याटिङ लाइनअप धराशायी बनेको थियो । अफगानस्थानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जोड्दा नान्गेलिया खान १७ रनमा अविजित रहे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी ललित राजवंशीले कसिलो बलिङ गर्दै ३ विकेट लिए ।












समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान
ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा