
काठमाडौं । ओपनर विल योङ र टोम लाथमको शतक प्रेरित न्युजिल्याण्डले च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो खेलमा पाकिस्तानलाई ३ सय २१ रनको लक्ष्य दिएको छ । पाकिस्तानको कराँचीस्थित नेशनल क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २० रनको बलियो योगफल तयार गरेको हो ।
न्युजिल्याण्डका लागि लाथमले नट आउट रहँदै सर्वाधिक ११८ रन जोडे । त्यस्तै योङले १०७ रन जोडे । पाँचौ विकेटका लागि लाथम र ग्लेन फिलिप्सले १ सय २५ रनको शतकीय साझेदारी गरे । फिलिप्सले ३९ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय पारी खेले । डेभेन कन्वे र ड्यारिल मिचेलले समान १० रन जोड्दा केन विलियम्स १ रनमा आउट भए ।
पाकिस्तानका लागि नशिम साहले २, अबरार अहमद र हरिस रउफले समान १ विकेट लिए । च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नजाने भए पछि प्रतियोगितामा भारतले आफ्नो सबै खेल युएईमा खेल्नेछ । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसिय विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम