
काठमाडौं । भारतविरुद्धको अन्तिम तथा पाँचौ टेस्टमा इंग्ल्याण्डले ३७४ रनको लक्ष्य पाएको छ । ३७४ रनको लक्ष्य सहित दोस्रो पारीको सरुवात गरेको घरेलु टोलीले मध्यम सुरुवात गरेको छ ।
इंग्ल्याण्डले तेस्रो दिनको खेल सकिदा १ विकेट गुमाएर ५० रन बनाएको छ । उसका ओपनर ज्याक क्रली १४ रन बनाउँदै आउट भए । दिनको अन्तिम ओभरको पाँचौ बलमा क्रली आउट हुन पुगेका थिए । घरेलु टोलीका लागि ओपनर बेन डकेट ३४ रनका साथ क्रिजमा रहेका छन् । भारतका लागि मोहम्मद सिराजले एक विकेट लिए ।
पहिलो पारीमा २३ रनले पछि परेको भारतले दोस्रो पारीमा ३९६ रन जोड्न सक्यो । भारतका लागि दोस्रो पारीमा ओपनर एसएस्पी जैसवालले सर्वाधिक ११८ रनको शतकीय पारी खेले । तेस्रो विकेटका लागि जैसवालले आकाश दिपसँग १०७ रनको शतकीय साझेदारी गरे । आकाशले ६६ रन बनाए । त्यस्तै रविन्द्र जडेजा र वासिंटन सुन्दरले समान ५३ रन जोडे । धुव्र जुरेल ३४, करुण नायर १७ तथा साई सुदर्सन र कप्तान शुभमन गिल समान ११ रनमा आउट भए ।
घरेलु टोलीका लागि जोस टंगले ५ विकेट लिए । गस एटकिन्सनले ३ र जेमी ओभरटर्नले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो पारीमा २२४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो पारीमा २४७ रन जोडेको थियो । ५ टेस्टको सिरिजमा घरेलु टोली २–१ ले अघि छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै