
काठमाडौं । नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४८ वटा कम्पनीको ८७ लाख १ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ५७ करोड ८८ लाख रुपैयाँले घटेको हो । मंगलबार कारोबार रकम ४ अर्ब ११ करोड ७ लाख रुपैयाँ थियो।
सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर ४६३.६१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.२० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४८ अंकले घटेको छ ।
यस दिन ८ उप समूह घटेका छन् भने ५ उप समुह बढेको छ । बैंकिङ ०.०५ प्रतिशत, वित्त ०.२४, होटल्स तथा पर्यटन समूह ०.८५, लगानी २.२१ र म्युअुचल फण्ड ०.२९ प्रतिशतले बढेको छ । विकास बैंक ०.२२, जलविद्युत ०.४०, जीवन बीमा ०.१५, उत्पादन र प्रशोधन ०.७०,लघुवित्त ०.०५ र निर्जीवन बीमा ०.०५, अन्य समूह ०.१० र व्यापार समूह ०.८६ प्रतिशतले घटेका छन् ।
यस दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर १५ प्रतिशतले बढेको छ । सो कम्पनीको शेयर हिजो अर्थात मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि नियमित बजारमा कारोबार भएको हो। त्यस्तै, इमर्जिङ्ग नेपालको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।












समाचार
मदन भण्डारी कप भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई
मितेरी पुलमा ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० उपयुक्त गन्तव्य
सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम
आजदेखि काँग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था