
रुपन्देही । बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले रु सात लाख पुरस्कार प्राप्त गरेको छ ।
शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीविरुद्ध पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएको सभापोखरी फाइनलमा भने पुलिससँग पराजित भयो ।
उपविजेता सभापोखरीले रु तीन लाख ५० हजार पुरस्कार प्राप्त गर्यो । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लब तेस्रो भयो । तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पञ्जाबलाई ३–१ को सेटमा पराजित गर्यो । तेस्रो भएको एपिएफले रु एक लाख ७५ हजार तथा चौथो भएको खैरा क्लबले रु ७५ हजार सान्त्वना पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका पहल गहतराज घोषित भए । उनले रु १५ हजार पुरस्कार प्राप्त गरे । विधागततर्फ एपिएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर र रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन भी उत्कृष्ट ब्लकर, सन्तोष राई उत्कृष्ट डिफेन्डर तथा पुलिसका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही रु आठ हजार प्राप्त गरे ।
पुरस्कार वितरण कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री रामजी घिमिरेले प्रतियोगितामा सहभागी खेलाडी तथा विजेता टोलीलाई बधाई तथा शुभकामना दिएका थिए । उनले खेल क्षेत्रको विकासले देशको समग्र विकासमा योगदान पुर्याउने बताए ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगिताले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीबीच प्रतिस्पर्धाको अवसर सृजना गरेको बताएका थिए । यही असोज १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालका चार तथा विदेशका तीन गरी सात टोलीको सहभागिता रहेको थियो ।












समाचार
मितेरी पुलमा ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० उपयुक्त गन्तव्य
सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम
आजदेखि काँग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?