
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत लिन प्रक्रिया अघि बढाएका छन्। उनले बुधबार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने भएका हुन्।
नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री बनेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले उनले त्यससम्बन्धी प्रक्रिया अघि बढाएका हुन्। विश्वासको मत लिने विषयमा निर्णय गर्न भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएका थिए। बैठकबाट बुधबार प्रदेशसभामा विश्वासको मत लिने निर्णय गरिएको हो।
यसका लागि मुख्यमन्त्री भट्टले मंगलबार नै प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आवश्यक बैठक आह्वान गर्न आग्रह गरेका थिए। उनको पत्रका आधारमा बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने गरी कार्यतालिका तय गरिएको छ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
१० वर्षमा पनि बनेन मनाङमा पुल