
काठमाडौं । भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । २८ वर्षीय ब्याटर पन्तले घरेलु टोली श्रीलङ्कासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन् । उनी टेस्ट क्रिकेटमा १०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन् ।
पन्तले टेस्ट क्रिकेटमा ८९ पारीमा ४ हजार ९१८ बलको सामना गर्दै १०० छक्का प्रहार गर्दै इतिहास रचेका हुन् ।
यसअघि यो कीर्तिमान इङ्ग्ल्यान्डका बेन स्टोक्सको नाममा थियो । उनले १५१ पारीमा ९ हजार ४२ बलको सामना गर्दै टेस्ट क्रिकेटमा १०० छक्का प्रहार गरेका थिए ।
टेस्ट क्रिकेटमा १०० छक्का पूरा गर्ने अरू २ जना खेलाडी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्युजिल्यान्डका ब्रेन्डन म्याकलम रहेका छन् । टेस्ट क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ । स्टोक्सले २२० पारीमा १३८ छक्का प्रहार गरेका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम