
काठमाडौं । रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको रियलले मार्सेलाई २–१ ले हराएको हो ।
पछि परेको खेलमा प्राप्त २ पेनाल्टीलाई केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको तेस्रो मिनेटमै ट्रेन्ट एलेक्जान्डर–अर्नोल्ड ह्यामस्ट्रिङ चोटका कारण बाहिरिँदा रियल समस्यामा परेको थियो । त्यसपछि उनको स्थानमा आएका डानी कार्भाहालले ७२औँ मिनेटमा गोलकिपर जेरोनिमो रुलीसँग झगडा गर्दा रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सिमित भयो ।
२२औँ मिनेटमा टिमोथी वेहाले मार्सेलाई अग्रता दिलाए । मेसन ग्रिनवुडले बल खोसेर दिएको बलमा वेहाले गरेको शक्तिशाली प्रहार थिबो कोर्टोइसले रोक्न सकेनन् । तर, ६ मिनेटमै जेफ्री कन्डोग्बियाले रोड्रिगोलाई लडाएपछि रियलले पाएको पेनाल्टीमा एम्बाप्पेले गोल गर्दै बराबरी गरे ।
मार्सेका पिएर–एमरिक ओबामेयाङले दुई पटक अग्रता लिन मौका पाए । तर पहिलो प्रहार बाहिरियो र दोस्रो प्रहार कोर्टोइसले बचाए । १० खेलाडी भएपनि रियलले आक्रमण जारी राख्यो। अन्ततः भिनिसियस जुनियरलाई रोक्ने क्रममा मार्सेका फाकुन्डो मेडिनाको ह्यान्ड बल भएपछि ८१ औं मिनेटमा रियलले दोस्रो पेनाल्टी पायो । त्यसलाई पनि एम्बाप्पेले गोलमा परिणत गर्दै रियललाई जित दिलाए।
यो जितसँगै १५ पटकको युरोपियन च्याम्पियन रियलले यसपटक उत्कृष्ट सुरुवात गरेको छ । प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा रियल गत सिजनको कमजोर प्रदर्शन सुधार्ने लक्ष्यमा छ । गत सिजन ११ औं स्थानमा रहेर प्ले अफ खेलेको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व