
काठमाडौं । डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी आइभरी कोस्ट विरुद्ध २–१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘इ’ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए ।
लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा पनि प्रवेश गरेको छ । जर्मनीले दुई खेलबाट ६ अंक जोडेर समहु इ को शीर्ष स्थानमा छ । सन् २०१४ मा ब्राजिलमा विश्वकप उपाधि जितेपछि जर्मनी पहिलो पटक नकआउट चरणमा पुगेको हो । पहिलो हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।
६० औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका उन्डाभले ६८ औं मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरेका थिए । उनले नादिएम अमिरीको असिस्टमा गोल गरेका थिए । बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी टाइमको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासमा उन्डाभले गोल गर्दै जर्मनीलाई लगातार दोस्रो जित दिलाएका हुन् । जारी विश्वकपमा सुबर सबको भुमिकामा देखिएका उन्डाभको यो गोल तेस्रो हो । पहिलो खेलमा कुरासाओलाई ७–१ ले पराजित गर्दा उनले एक गोल गरेका थिए ।
त्यसअघि कप्तान फ्रान्क कसीले ३० औं मिनेटमा गोल गर्दे आइभरी कोस्टलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर आइभरी कोस्टले उक्त अग्रता कायम राख्न सकेन । जर्मनीले अब इक्वेडरसँग अन्तिम खेल खेल्ने बाँकी छ । आइभरी कोस्टले अब समुहकोअन्तिम खेलमा कुरासाओ विरुद्ध खेल्नेछ । पहिलो खेलमा पराजित भएका दुई टोली इक्वेडर र कुरासाओ पहिलो जित हात पार्ने लक्ष्यसहित आइतबार बिहान खेल्दैछन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि