
काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले सरकारको पुँजी बजारमा ठूलो रकम डुब्दा पनि अर्थमन्त्री भने चिठ्ठा खेलाएर बनेको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गरिन् । पुँजी बजार कमजोर भएको बेला अर्थमन्त्री चिठ्ठा खेलाएर बसिरहेको उनको भनाइ छ । ‘सरकार गठन भएदेखि पुँजीबारमा ६ खर्ब रुपैयाँ बुडिसक्यो । तर, हाम्रा अर्थमन्त्री भने चिठ्ठा खेलाएर बसिरहनु भएको छ,’ उनले भनिन् ।
उनले चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् । सांसद संग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको उनले बताइन् । उनले ३६ देशलाई चिनेको भनेर दाबी गर्ने गरिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप पनि लगाइन् ।
यस्तो छ सांसद संग्रौलाको भनाइ
अर्थमन्त्रीज्यूले ३६ देशउलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरूले भन्नुहुन्छ । तर, उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन । उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो । किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यतिधेरै समस्या र कमजोरी देखिएको थिएन ।
बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरको छैन ? के व्यवसायीहरूलाई दुईतिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ? अर्को कुरा वर्तमान सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ । तर, यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाहिँ चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ । अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र ?













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण