
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मधेश प्रदेशमा कर्जा विस्तार, गुणस्तरीय ऋण र बजार हिस्सा बढाउने रणनीतिसहित बैंकका शाखा व्यवस्थापक तथा कर्मचारीसँग छलफल गरेको छ।
बैंकले शुक्रबार मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४’ विषयक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ अधिकारीको सहभागिता थियो।
कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक योजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ। केन्द्र र प्रदेशबीचको समन्वय थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
मधेश प्रदेशका आठ जिल्लामा बैंकका २९ शाखा सञ्चालनमा छन्। बैंकले यसअघि बागमती र कोशी प्रदेशमा पनि क्षेत्रगत रणनीति केन्द्रित कार्यक्रम गरिसकेको जनाएको छ। अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। बैंकले डिजिटल बैंकिङ तथा नयाँ पुस्तालाई लक्षित सेवामा पनि विस्तार गरिरहेको जनाएको छ। फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालनमा ल्याएको बैंकको भनाइ छ।
फ्रिलान्सरलाई लक्षित बचत खाता, मोबाइल बैंकिङबाटै सेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआरमार्फत नगद लिन सकिने क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ।
सिटिजन्स बैंकका देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ छन्। बैंकका अनुसार यी सञ्जालमार्फत २० लाख ६४ हजार ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ।












समाचार
इजिपी प्रणाली बन्द भएकोमा नेकपाको आपत्ति, निष्पक्ष छानबिनको माग
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल
३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन
चेम्बरका अध्यक्ष अग्रवालले भेटे एडीबीका शिक्षा विशेषज्ञ
प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग
बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन
माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज