
काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई प्रभावकारी, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली (इजिपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले २०७० सालदेखि सञ्चालनमा रहेको इजिपी प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको बताएका हुन्। इजिपी प्रणाली ह्याक भएको कारण देखाउँदै बन्द गरिएको जानकारी आफूहरूले पाएको उल्लेख गर्दै उनले घटनाबारे तत्काल छानबिन गर्न सरकारसँग माग गरे।
ह्याकिङमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ। दुलालले पुरानो कोडका कारण प्रणाली सञ्चालन गर्न नसकिने बहानामा विगतमा ह्याकिङमा संलग्न बिचौलिया, कर्मचारी वा व्यवसायीको मिलेमतोमा विद्युतीय खरिद प्रणाली नै कमजोर बनाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरे।
उनले नयाँ प्रणाली ल्याउने नाममा पुरानो इजिपी प्रणालीलाई नै निष्क्रिय बनाउने काम नगर्न सरकारलाई चेतावनी दिए। ‘यदि त्यसो भयो भने डिजिटल शासन, सुशासन र समृद्धिको कुरा गरेर आएको सरकार फेरि कागजी युगमा फर्कनुजस्तो विडम्बना अरू केही हुँदैन,’ उनले भने।
दुलालले इजिपी प्रणालीमा भएको भनिएको ह्याकिङ तथा त्यससँग जोडिएका गतिविधिको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए। सार्वजनिक खरिद प्रक्रियालाई पुनः कागजी प्रणालीमा फर्काएर अपारदर्शी र मनपरी ढंगले ठेक्कापट्टा सञ्चालन गरिए त्यसले कुशासनलाई प्रश्रय दिने उनको चेतावनी छ।
‘इजिपी सिस्टमलाई फेरि कागजी मोडमा लगेर गुण्डागर्दी र लुटपाटको शैलीमा ठेक्कापट्टा गरियो भने कुशासनको मार्ग प्रशस्त गर्नेभन्दा ठूलो कुरा यो सरकारका लागि अरू केही हुँदैन,’ दुलालले भने।











समाचार
मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल
३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन
चेम्बरका अध्यक्ष अग्रवालले भेटे एडीबीका शिक्षा विशेषज्ञ
प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग
बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन
माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज