
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ६० हजार नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चाल आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिना साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।
यो अघिल्लो आर्थिक वर्षमो तुलनामा केही बढी हो । अघिल्लो आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । साउनमा २५ हजार ५०० संस्थागत रूपमा र १० हजार ७५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएको विभागले जनाएको छ । त्यस्तै साउन महिनामा जीटूजी मार्फत ६६८ जना गएका छन् ।
साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने श्रमिक दुवैको संख्या हो । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा युरोप जाने नेपालीको संख्या बढेको छ भने मलेसिया जानेको संख्या घटेको छ । लामो समयदेखि नेपालीको मुख्य रोजगार गन्तव्यका रुपमा रहँदै आएको मेलेसिया जाने नेपालीको संख्यामा पछिल्लो समय कमी आइरहेको देखिएको हो । साउन महिनामा रोजगारीका लागि नेपालबाट १ हजार ३४४ जना नेपाली मलेसिया पुगेका छन् । यो कोभिड–१९ पछि अहिलेसम्मै सबैभन्दा कम हो । अघिल्लो आर्थिक वर्षको साउनमामात्र ९ हजार २३८ जना श्रमिक रोजगारीको खोजीमा मलेसिया गएका थिए ।
विभागको तथ्यांक अनुसार साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य वृद्धि भएको देखिएको छ । विभागका ससाउन महिनामा युरोपको रोमनीयमा सबैभन्दा धेरै नेपाली गएका छन् । साउनमा रोमनियामा २ हजार २९८ जना वैदेशिक रोजगारीमा गएका छन् । यो अवधिमा क्रोएसियामा १ हजार १३८ जना, साइप्रस ७००, माल्टा २३९, पोर्चुगलमा १५६, पोल्यान्डमा ५० जना गएको विभागको तथ्यांक छ ।
विभागको तथ्यांक अनुसार साउन महिनामा नेपालबाट सबैभन्दा धेरै यूएई गएका छन् । साउन महिनामा नेपालबाट १७ हजार ५४१ जना नेपाली रोजगारीका लागि यूएई गएका छन् । त्यस्तै यो अवधिमा साउदी अरेबियामा ११ हजार ८०९ जना गएका छन् भने कतार ११ हजार ७८५ गएका छन् । त्यस्तै कुवेतमा ४ हजार ६९५ रोजगारीको खोजीमा गएका छन् भने जापानमा १ हजार ४७२ र दक्षिण कोरियामा ८१२ जना गएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने दुवै हो ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल