
गुल्मीको तम्घासमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रोपाइँ जात्राका साथमा विभिन्न प्रहसन देखाइएको छ । आज बिहान श्रीकृष्णको रथ यात्रासँगै दिनभर रोपाइँ जात्रा तथा लाखे नाच लगायतका झाँकी प्रदर्शन गरिएको हो ।
संयुक्त तम्घास स्थान मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालन गरिएको रथ यात्रा तथा रोपाइँ जात्रामा दर्जनौँ संघ–संस्थाहरूको सहभागितामा श्रीकृष्ण जन्माष्टमीलाई उल्लासमय रूपमा मनाइएको हो । यहाँका नेवार समुदायले प्रदर्शन गरेको लाखे नाच, रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीहरूको पञ्चेबाजा सहितको प्रस्तुति देखाएका हुन् ।
तम्घास्थान मन्दिर नयाँ बजारबाट सुरु भएको रथ यात्रा तथा रोपाइँ जात्रा बजार परिक्रमा पश्चात् चिदिचौर खेलमैदानमा लगेर देखाइएको थियो । यस अवसरमा रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो । रेसुङ्गा नगरपालिका भित्रको सबैभन्दा ठुलो पर्वको रूपमा श्रीकृष्ण जन्माष्टमी पर्वलाई मनाइँदै आएको संयुक्त तम्घासस्थान मन्दिर व्यवस्थापन समितिका सचिव ताराप्रसाद भुसालले बताए ।
रथ यात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राधा माधव समिति, सत्य साई केन्द्र, रक्त सञ्चार समूह, पतञ्जलि योग समिति, पूर्व प्रहरी सङ्गठन, नेपाल स्काउटलगायतका संघ–संस्थाहरूको सहभागिता रहेको थियो । स्थानीय तहले पर्वको अवसरमा सार्वजनिक बिदा दिएपनि बिदाको औचित्य पुष्टि गर्न यहाँका जनप्रतिनिधि, कर्मचारीहरू, रथ यात्रामा सहभागी बन्न नसक्नु निकै दुःखद पक्ष रहेको आयोजकले जनाएको छ ।
ऐतिहासिक रूपमा सञ्चालन हुँदै आएको रथ यात्रा र रोपाइँ जात्रालाई आगामी दिनमा स्थानीय तहले सबैको सहभागिता उल्लेख्य रूपमा बढाउने गरी वातावरण सिर्जना गर्नुपर्ने सहसचिव विनोद पाण्डेले बताए । वैदिक सनातन संस्कृतिको संरक्षणका लागि सबै जुट्नुपर्ने विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । उनले समाजमा रहेका विकृति, विसंगतिहरुलाई हटाउन हटाउन यस्ता पर्वहरूले ठुलो महत्त्व राख्ने बताए ।
रेसुङ्गा नगरपालिकाको सम्पत्तिका रूपमा रहेको रोपाइँ जात्राको संरक्षण र युवाहरूमा यसको ऐतिहासिकता उजागरका लागि कार्यक्रम गरिएको रोपाइँ जात्रा सञ्चालन समितिका संयोजक निशेष श्रेष्ठले बताए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम