
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सुशासन, प्रभावकारी सेवा प्रवाह तथा रोजगारी सृजना गर्ने पक्षमा वर्तमान सरकार लागिपरेको बताएका छन् । मङ्गलबार मुख्यमन्त्री सिंहले प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीको प्रथम पुण्यतिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ बेलामा वृक्षारोपण अभियानको शुभारम्भ गर्दै नकारात्मक कुरालाई मात्र समाचारको विषय बनाएको खण्डमा सिङ्गो समाज नै नकारात्मक बन्ने भएकाले सकारात्मक सोचका साथ पत्रकारिता गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले गलत व्यक्तिका क्रियाकलापका कारणले संघीयतालाई बदनाम गराउने कुचेष्टा भए पनि जनताको घरदैलोमा सेवा सुविधा प्रदान गर्ने संघीय गणतन्त्र जस्तो अरू कुनै शासन व्यवस्था नभएकाले संघीयताको पक्षमा कलम चलाउनका लागि पत्रकारहरूलाई आग्रह गरे । मुख्यमन्त्री सिंहले स्वर्गीय राजेश्वर नेपालीले सधैँ लोकतन्त्र तथा गणतन्त्रका लागि सङ्घर्ष गर्नुभएको बताउँदै उनको निर्भिक पत्रकारिता अहिलेका युवापुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत बनेको बताए ।
संघीयताको संस्थागत विकासका लागि जनताले संघीयताको अनुभूति गर्नेगरी प्रदेश सरकारले काम गर्न चाहेको उनले बताए । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री सिंहले बरको वृक्ष रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे ।
जनकपुरधाम–भिठामोड चार लेन विद्यापति सडक जनकपुरधामको वेला पुलबाट महोत्तरीको बनौली मोडसम्म आँप तथा चम्पाको फूल गरेर चार सय ५० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले बताए ।









समाचार
बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ
नेदरल्यान्डससँग नेपाल ५७ रनले पराजित
मनसुनीको प्रभाव, कस्तो रहला आजको मौसम ?
विदेशी मुद्राको विनिमयदर : यस्तो छ अन्तराष्ट्रिय मुद्राको मूल्य
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित