काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३६ दशमलव ८३ अंकले घटेर बन्द भएको हो।
बिहीबारको कारोबार बन्द हुँदा परिसूचक २७४९ दशमलव ५७ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.३२ प्रतिशतले कम हो । आज सेयर बजारमा १९३ कम्पनीको सेयर मूल्य घट्यो भने ४८ कम्पनीको मात्रै मूल्य बढ्यो । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
यो हप्ताको अन्तिम दिनको कारोबारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरवटा आएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएको बजारमा आज १२ अर्ब २४ करोडभन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर १ लाख ४६ हजार २०४ पटक खरिद बिक्री हुँदा १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३५ अंकले घटेर ४८९ दशमलव ७९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसूचकको सेयर मूल्य घटेको छ । बिहीबारको कारोबार बन्द हुँदा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर