
डोटी । काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिक रूपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लाको केआईसिंह गाउँपालिका–४ का किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आएका छन् । उनले काउली उत्पादनबाट गएको वर्ष दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताउँदै यस वर्ष पनि झन्डै चार लाख रुपैयाँ बराबरको काउली बेच्न तयार भएको सुनाए ।
गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका किसान धामी बताउछन् । काउली उत्पादनले घरखर्च चलाउन विदेश जान नपरेको उनको भनाइ छ । केआईसिंह गाउँपालिका–४ का अर्का किसान डिलबहादुुर बुढामगरले दुई रोपनी जमिनमा काउली लगाएका छन् । काउली बेच्न तयार भइसकेको छ । गएको वर्ष एक रोपनीमा लगाएको काउलीबाट झन्डै एक लाख रुपैयाँ आम्दानी गरेको भन्दै उनले यस वर्ष पनि झन्डै दुई लाख रुपैयाँ बराबरको काउली तयार भएको बताए ।
परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेका केआईसिहं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुुर शाहीले जानकारी दिए । पालिकाले किसानले उत्पादन गरेका तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उनले बताए । कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र केआईसिहं गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताए ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर