
दोलखा । हिमाल आरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९, बेदिङका पर्वतीय पथप्रदर्शक ४५ वर्षीय पासाङकिदर शेर्पाले यहाँको छ हजार १२५ मिटर अग्लो ‘बेदिङ गो’ नामक हिमाल आरोहण गर्ने ‘नर्थ वेस्ट रिच’ नयाँ बाटो पत्ता लगाएका हुन् । तिब्बततिरको ‘सफ्ट फेस’ बाट यो हिमालको थुप्रैले आरोहण गरिसकेका छन् तर ‘नर्थ वेस्ट’ बाट आरोपण गर्ने उहाँ पहिलो आरोही हुनुहुन्छ । उहाँ चार रात पाँच दिनमा यो हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् ।
उनले बर्सेनि शरद ऋतु सुरु भएपछि नयाँ रुट खोज्ने, बाटो बनाउने र नयाँ हिमाल आरोहण गर्दै आएका छन् । उनले हिमाल आरोहण गर्नेलाई अध्यापन गर्ने र आरोहणको तालिम दिने काम पनि गर्छन् । शरद ऋतुमा हिमाल आरोहण गर्नेको बाक्लो चहलपहल हुन्छ । हिमाल चढ्नेको चर्चा भए पनि हिमाल चढाउने र नयाँ नयाँ हिमाल खोज्दै त्यहाँ पुग्ने बाटो बनाउनेहरू जहिले पनि पर्दा पछाडि हुन्छन् ।
‘किचेन गाइड’ बाट सुरुवात
१६ वर्षमै हिमाल आरोहणमा ‘किचेन गाइड’ का रूपमा लागेका पासाङ अहिले तालिम प्राप्त अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक हुन । उनले आठ हजारमाथिका सगरमाथा, मनासलु, केटुलगायतका हिमाल १४ पटक आरोहण गर्नुभएको छ । उहाँले सात वटा प्रमाणपत्र पाएका छन् । इन्टरनेसनल माउन्टेन गाइडको उपाधि पाउने नेपालमा ७४ जना पथप्रदर्शक छन् । ‘यो वर्षको शरद ऋतुमा निकै कठिन मानिएको ‘बेदिङ गो’ हिमाल सफल आरोहण गरेर बाटो खोल्न सफल भएको छु । हिम पहिरो आइरहने यो हिमाल अल्पाइन शैलीको नयाँ मार्ग बनाएर अमेरिकी पर्वतारोही ५३ वर्षीय डानिका गिल्बर्टलाई पनि चुचुरोमा पु¥याइयो । अब हिमाल चढ्न रहर गर्नेका लागि अर्को हिमाल पनि थपिएको छ । यो हिमाल चढ्न गएको जापानी टोली चाहिँ असफल भएको छ,’ उनले भने ।
आरोहीलाई सहजीकरण
‘बेदिङ गो’ शिखरबाट तिब्बती उपत्यका नयाँ हिमाताल देखिन्छन् । उनले भने, ‘ती हिमतालबारे अध्ययन भएको छ÷छैन थाहा भएन तर नेपालको तामाकोशीको जलाधार तिनै क्षेत्रमा पर्छ ।’ उनले हिमाल चढेर रेकर्ड राख्नुभन्दा पनि नयाँ हिमाल खोज्ने र त्यसको रुट बनाउने काममा बढी खटिएको बताए । उनले नयाँ हिमालको खोजी गर्ने त्यसमा चढेर उचाइ मापन गर्नेसहित रुट निर्माणमा लाग्ने गरेको बताए । ‘आठ हजारभन्दा माथिका हिमाल आरोहण गर्न नसक्ने हिमाल चढ्ने इच्छा भएकालाई आठ हजारमुनिका हिमाल आरोहण गर्न सहजीकरण गरिदिने गरेको छु,’ उलने भने ।
उनले गत वर्ष अमेरिकी नागरिक दृष्टिविहीन महिला लुयन पार्कलाई रोल्वालिङ क्षेत्रकै पाँच हजार ६५० मिटरको यलुङ्री हिमाल सफल आरोहण गराइदिएको जानकारी दिए । ‘त्यो दिन एक दृष्टिविहीनलाई हिमाल चढाउन सकेकोमा निकै हर्ष लागेको थियो । गएको वर्ष अफगानी युवती साइदाले हिमाल हेर्ने र चढ्न रहर गरेकाले आवश्यक तालिम दिएर आरोहण गराइदिएँ,’ उलने भने ।
उनले ८५ वर्षको उमेरमा सगरमाथा चढेर कीर्तिमान बनाएका जापानी नागरिक युचिरो मिउरालाई ७५ वर्षको हुँदा सगरमाथा चढाएको दाबी गरे । उनल नयाँ हिमालमा बाटो बनाएर आरोहण सफल भएपछि त्यसको प्रतिवेदन पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ र हिमालसम्बन्धी संस्थालाई दिने बताए । आरोहणसम्बन्धी तालिममा एक वर्षमा २० देखि ३० जनाले भर्ना गर्छन् । ५० जनाले यो कोर्ष गरेका छन् । कोर्ष पूरा गरेकाले मात्रै अन्तर्राष्ट्रिय माउन्टेन गाइडको मान्यता पाउँछन् । ‘परीक्षा भएकामध्ये मुस्किलले पाँच÷सात जना मात्रै पास हुने गरेका छन् । हिमाल चढ्नेका लागि विद्यावारिधि गरे जत्तिकै यो कोर्ष रहेको छ,’ उनले भने ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै