
काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले चाडपर्वको अवसरमा उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानबाट एलपी ग्यास बिक्री वितरण तथा सिलिन्डर साटफेरको विशेष व्यवस्था मिलाएको छ । नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ गते सोमबारदेखि असोज ३० गते शुक्रबारसम्म बिहान ११ः०० बजेदेखि अपराह्न ०४ः०० बजेसम्म यो व्यवस्था मिलाइएको हो ।
संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीहरूबाट ग्यासको आयात सहज रूपमा भइरहेको छ। गत भदौ महिनामा मात्र ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको जनाइएको छ । यद्यपि, चाडपर्वको समयमा कतिपय उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एक ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो गरेपछि उपत्यकामा बजारिकरण भइरहेका सबै ब्रान्डका सिलिन्डर साटफेर र बिक्रीको तालिका सार्वजनिक गरिएको हो ।
संघले तोकिएका स्थानहरूमा उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगहरूका ग्यास सिलिन्डर मात्र साटफेर हुने र ती केन्द्रहरूबाहेक अन्यत्र साटफेर नहुने स्पष्ट पारेको छ ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
दोहोरो वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?