
काठमाडौं । १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा करिब रु. ४५ लाख बराबरको आर्थिक कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएशन (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ बिहीबारबाट सुरु भएको मेलामा दुई दिनमा उक्त रकम बराबरको आर्थिक कारोबार भएको हो।
आगामी आइतबारसम्म सञ्चालन हुने मेलामा रु. एक करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा रहेको एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए । उनका अनुसार मेलामा बिहीबार र शुक्रबार गरी १६ हजार जनाले मेलाको अवलोनकन गरिसकेका छन् । अवलोकनमा आउनेको आकर्षण गोदावरी फूल रहेको र सो फूल ६० प्रतिशत बिक्री भएको अध्यक्ष बादेले जानकारी दिए । यस प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल दुई, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी कक्षहरू छन् । प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनीसमेत रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम पनि रहेको फ्यानले जनाएको छ ।
यसक्रममा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छ । साथै मेलामा सहभागी भएका नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी÷फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जानएको छ ।
फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले विसं २०५१ सालदेखि पुष्प मेला र प्रदर्शनी आयोजना गर्दै आएको छ । फूलको माग वृद्धिसँगै काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भएको छ ।
व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरिरहेका छन् ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने