नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको स्थगित भएको साधारणसभाको लागि नयाँ मिति घोषणा गरिएको छ । यस अघि असार ३१ गतेका लागि बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।

कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले अब कम्पनीको २९औं वार्षिक साधारणसभा साउन २२ गते गर्ने निर्णय गरेको छ । उक्त सभा अमृत भोग क्याटेरिङ्ग, कालिकास्थान, काठमाडौंमा बिहान साढे ८ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको आ. व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने छ ।

आ.व. २०८२/०८३ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा एक जना महिला सहित ७ (सात) जना सञ्चालकको निर्वाचन गर्ने छ ।

फेसबुक प्रतिक्रिया