
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षमा कमाएको ७ करोड १४ लाख रुपैयाँभन्दा ४९.१८ प्रतिशतले बढी हो।
गत वर्षमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३७ करोड ९ लाख रुपैयाँबाट ४४ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४२ करोड ३९ लाख रुपैयाँबाट साढे ४९ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको ईपीएस २२.३४ रुपैयाँबाट ३१.२६ रुपैयाँ पुगेको छ भने एनपीएल ७.४८ प्रतिशतबाट ९.०४ प्रतिशत पुगेको छ। बेसरेट १२.७२ प्रतिशतबाट ११.७० प्रतिशतमा झरेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६२.५२ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी ३४ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा १५ करोड ३६ लाख रुपैयाँ सञ्चिति रहेको छ भने वितरणयोग्य मुनाफा ९ करोड २५ लाख रुपैयाँ रहेको छ। कम्पनीले ४ अर्ब ९६ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब २७ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन