
काठमाडौं । चिकित्सा शिक्षा आयोग काठमाडौँले ३७ जना एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाको लागि दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाका लागि पठाएको हो ।
विद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताए । यस बर्षबाट प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरु आउन लागेका हुन । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबीबीएस पढ्न पाउने रजिष्ट्रार लम्सालले बताए । उनका अनुसार ४ जना बिदेशी र ९ जनाले पेइङमा एमबीबीएसमा पढन पाउने छन्। आयोगबाट आउने नामावली अनुसार भर्ना हुनेछन् ।
प्रतिष्ठानले करिब ७ वर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन भइरहेको छ । अब एमबीबीएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।
यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा व्यापक आवाज उठ्ने गरेको थियो । तर, अब बर्सेनि शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा