
बर्लिन । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूले ओगटेको सङ्घीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले बुधबार जनाएको छ ।
डेस्टाटिसको अनुसार, नवीकरणीय विद्युत उत्पादन २५६.४ बिलियन किलोवाट–घन्टा (पध्ज) को सबै समयको उच्चमा पुगेको छ, जुन वार्षिक रूपमा २.३ प्रतिशतले बढेको प्रतिनिधित्व गर्दछ । उत्पादनमा अलिकति गिरावट आए पनि वायु उर्जा जर्मनीको सबैभन्दा ठूलो बिजुलीको स्रोत बनेको छ ।
वायु उर्जाबाट उत्पादन सन् २०२३ मा १.४ प्रतिशतले घट्ने अपेक्षा गरिएको थियो । तर, कुल विद्युत उत्पादनमा यसको अंश सन् २०२३ मा ३०.८ प्रतिशतबाट बढेर सन् २०२४ मा ३१.५ प्रतिशत पुगेको छ ।
फोटोभोल्टिकबाट विद्युत उत्पादन १०.४ प्रतिशतले ५९.५ बिलियन पध्ज सम्म बढेर सौर्य ऊर्जाको उल्लेखनीय वृद्धि देख्यो । यसले जर्मनीको कुल बिजुली आपूर्तिमा सौर्य ऊर्जाको हिस्सा १३.८ प्रतिशतमा पुर्यायो, जुन सन् २०१८ मा डाटा सङ्कलन सुरु भएदेखिकै उच्च स्तर हो ।
सन् २०२४ मा जम्मा ४३१.५ अर्ब किलोवाट प्रतिघण्टा बिजुली उत्पादन गरी जर्मन ग्रिडमा जोडिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कमी हो ।
डेस्टाटिसले यो गिरावटको कारण औद्योगिक बिजुलीको मागमा आएको कमी, कम उत्पादन र विदेशबाट बिजुली आयातमा भएको वृद्धिलाई बताएको छ ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान