
काठमाडौं । जापानमा सात दशकदेखि शासन गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ । हिजो भएको चुनवामा प्रधानमन्त्री शिगेरु इशिबाको दल एलडीपीले बहुमत गुमाएको हो ।
जापानको तल्लो सदनमा रहेको चार सय ६५ सीटमध्ये एलडीपीले एक सय ९१ सीट मात्रै जितेको छ । एलडीपीको सत्ता साझेदार दलको समेत गरी प्रधानमन्त्री इशिबाको पक्षमा दुई सय १५ सीट भएको छ । बहुमतका लागि दुई सय ३३ सीट आवश्यक पर्छ ।
सन् १९५५ मा पार्टी स्थापना भएदेखि लगातारजसो शासन गर्दै आएको एलडीपीले सन् २००९ मा भएको चुनावमा पनि बहुमत गुमाएको थियो । तर अरु दलसँगको साझेदारीमा एलडीपीले नै शासन गर्दै आएको छ । अघिल्लो चुनावमा एक्लै दुई सय ४७ सीट जितेको सत्तारुढ एलडिपी यसपटक एक सय ९१ सीटमा खुम्चिएको छ । प्रमुख विपक्षी दल कन्स्टिच्यूस्नल डेमोक्रेटिक पार्टी अफ जापानले एक सय ४८ सीट जितेको छ ।
एलडीपीको नेतृत्वका लागि गएको महिना भएको चुनावमा सामान्य बहुमतका साथ निर्वाचित भएपछि पूर्व रक्षामन्त्रीसमेत रहेका ६७ वर्षीय इशिबाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो । तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा बढ्दो मूल्यवृद्धि र पूर्वप्रधानमन्त्री फुमियो किशिदाको ख्यातिमा असर पारेको उपहार काण्डले मतदातालाई निराश पारेको बीबीसीले जनाएको छ ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन