
कर्णाली । ‘नेपालको पर्यावरणीय कृषिको मार्गचित्रसम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यशाला’ मङ्गलबार सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनमा भएको कार्यशालामा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि मुलुकमा ‘पर्यावरणीय कृषि’ अपरिहार्य भएको बताए ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले त्यहाँका परम्परागत कृषि बालीको ‘प्याटेन्ट राइट’ हुनुपर्नेमा जोड दिँदै कर्णालीले विश्वलाई सिकाउने गरी प्राङ्गारिक कृषि उत्पादन र आत्मनिर्भरता आवश्यक छ बताए । कार्यशालामा संघ, प्रदेश र स्थानीय नीतिमा एकरुपता हुनुपर्ने, नीतिसँग कार्यक्रम र त्यसको कार्यान्वयन, बढ्दो युवा पलायन रोक्न युवामैत्री कृषि नीति, जमिनको वर्गीकरण, स्थानीय बालीको प्रवर्द्धन, बजारीकरण, रासायनिक मल आयातमा निरुत्साहन, एकीकृत पशुपालनबारे गहन छलफल भएको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व