
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिहं भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । संघले हवाई भाडामा कालो बजारी भएको भन्दै मन्त्री भण्डारीलाई पत्र बुझाएको हो ।
नेपालबाट बैदेशिक रोजगारमा जाने श्रमीकहरुले अत्यन्त महङगो दरमा हवाई टिकट खरिद गर्नु परेको र हवाई कम्पनीहरुले दिनदिनै भाडा बृद्धि गरेकोले यस तर्फ संघले मन्त्री भण्डारीलाई ध्यानाकर्षण गराएको हो । ‘नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्य मुलुकमा दैनिक रुपमा १ हजां ५०० कामदार बैदेशिक रोजगारमा गएका कारण एयरलाइन्सहरुको व्यापार बृद्धि भएको सवैलाई अवगत नै छ, तथापी केहि सिमित एयरलाइन्सहरुको मिलेमतोमा कृतिम अभाव खडा गरी कालोबजारी गरेकाले अस्वभाविक रुपमा टिकटको मुल्य बृद्धि गरेर टिकटमा सिण्डिकेट गर्ने र पर्यटक आउने मुख्य समयमा अन्तराष्ट्रिय बिमानस्थललाई स्तरउन्तनीको बाहानमा दैनिक १० घण्टा बन्द गरिएको कारण देखाउदै हवाई कम्पनीहरुले समान्यत रु ३० देखि ३५ हजार रुपैयामा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैया पुर्याइ दोब्बर मुल्यको टिकटमा कामदार जान बाध्य भएकोले उक्त कालो बजारीलाई रोकेर सस्तो र सुलभ एवम् नियमीत टिकटको मुल्यमा कामदार जान पाउने व्यवस्था नगरिएमा श्रमिकहरु वैदेशिक रोजगारीमा जान नपाउने भएकाले वैदेशिक रोजगारीको अवसर समेत गुम्ने र यसले बिदेशि मुद्राको सञ्चिति साथै राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने विषयमा माननिय मन्त्रीज्यूलाई अवगत गराइन्छ,’ संघद्धारा मन्त्रीलाई ज्ञापन गरिएको पत्रमा उल्लेख गरिएको छ ।














समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने