
काठमाडौं । नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि शुक्रबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने भएकाले आफ्नो उडान तालिका परिवर्तन गरेको छ ।
नेपाल एयरलाइन्सले भोलिदेखि विमानस्थल बन्द हुने भएपछि अन्तर्राष्ट्रिय उडानको तालिका परिवर्तन गरेको सूचना जारी गरेको छ । निगमले जारी गरेको सूचना अनुसार काठमाडौंबाट राति ११ः५० मा हुने जापानको नारिता उडान भोलिबाट राति ९ बजेर १५ मिनेटमै हुने भएको छ । नारिताबाट फर्कँदा पनि बिहान ११ः २५ मा आइपुग्ने जहाज अब ९ः२५ मै आइपुग्ने भएको छ ।
काठमाडौंबाट दोहा उडान राती ११ बजे हुने उडान अब भोलिबाट साढे ९ मै हुने छ । दोहाबाट काठमाडौं आउने उडान पनि विहान ३ः २५ को उडान अब २ बजे आउने छ । काठमाडौंबाट दुबइ उडान अहिले राति ११ः१५ मा हुँदै आएकोमा अब ९ः३५ मै हुने छ भने दुबई काठमाडौं उडान ४ः१० बजे हुँदै आएको उडान भने यथावत नै छ ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर