
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीको बाँकी रहेको ५ अर्ब बक्यौता भुक्तानी गरेको छ । मन्त्रालयले निर्माण व्यवसायीहरुको ५ अर्ब ५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।
भौतिक मन्त्रालय सचिव केशवकुमार शर्माले सो रकम भुक्तानी गरेको जनाएका हुन् । उनका अनुसार व्यवसायीहरुको ६० प्रतिशत रकम भुक्तानी गरेको हो । अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिएबमोजिम ६० प्रतिशत रकम भुक्तानी गरिएको सचिव शर्माले बताए ।
निर्माण व्यवसायीको अझै ८ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा अझै ३ अर्ब ६६ करोड रुपैयाँ निर्माण व्यवसायीलाई दिन बाँकी रहेको छ । अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीका निम्ति रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको उनले उल्लेख गरे ।
‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्ने योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको यो मन्त्रालय अन्तर्गत ८ अर्ब ७१ करोड थियो । त्यो मध्ये अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकामान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ५ अर्ब ५ करोड भुक्तानी गरेका छौं । ६० प्रतिशत रकम भुक्तानी गर्नसक्यौं । त्यसपछि बाँकी रकम अपुग हुँदा ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न बाँकी छ,’ उनले भने ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण