केनको ह्याट्रिकमा बार्यन म्युनिखको सहज जित

काठमाडौं । ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले बुन्डेसलिगामा सहज जित निकालेको छ । बार्यनले अग्सबर्गलाई ३–० ले पराजित गरेको हो ।

यो जितसँगै बायर्नले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । इङ्ल्यान्डका फरवार्ड बुन्डेसलिगामा आफ्नो ४३ औं खेलमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् । केनले ६३ र ९३औं मिनेमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसको दुई मिनेटपछि लियोन गोरेट्ज्काको क्रसलाई नियन्त्रण गर्दै केनले हेडरमार्फत गोल गरे र ह्याट्रिक पूरा गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार