
काठमाडौं। एर्लिङ हालान्डको गोलसँगै नर्वेले नेसन्स लिगमा पहिलो जित हासिल गरेको छ। उलेभालमा सोमबार राति भएको खेलमा नर्वेले अस्ट्रियालाई २-१ ले पराजित गरेको हो। योसँगै नर्वेले दुई खेलबाट चार अंक जोडेको छ।
नर्वेलाई पहिलो खेलमा काजकिस्तानले गोलरहित बराबरीमा रोकेको थियो। अस्ट्रियाको भने समान खेलमा एक अंक छ। फेलिक्स हर्न मिहरेको गोलमा नर्वेले सुरुआती अग्रता लिएको थियो। तर, नवौं मिनेटमा लिएको त्यो अग्रता नर्वेले जोगाउन सकेन।
प्याट्रिक विमरले उपलब्ध गराइदिएको बलमा मार्सेल सबिट्जरले गोल गर्दै अस्ट्रियालाई खेलमा फर्काए। तर, निर्धारित खेल सकिन १० मिनेट बाँकी हुँदा हाल्यान्डले गोल गर्दै नर्वेलाई तीन अंक दिलाए।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना