
काठमाडौं । बुधबार अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य केही बढेको हो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २३ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा रहेको थियो ।
त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा रहेको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।
त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३ रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा, दक्षिण कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ५८ र बिक्रीदर ४३९ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ७० पैसा तय भएको छ । यस्तै, ओमानी रियाल एकको खरिददर ३४९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५१ रुपैयाँ २६ पैसा तय भएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।












समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना