
काठमाडौं । पछिल्लो समय कृषि कार्यमा महिलाको सहभागिता बढेकाले किसान वर्गीकरणमा उनीहरूलाई पनि समावेश गर्न माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट महिला किसान संघद्वारा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित महिला किसानको भूमिमा पहुँचको अवस्था, चुनौती र सम्भावना विषयक अन्तक्र्रियामा सहभागीले हलो जोतेर जीविका चलाउने महिलाको संख्या उल्लेख्य वृद्धि भएकाले किसान सूचीकरणमा उनीहरूलाई छुटाउन नहुनेमा जोड दिइएको हो ।
एमालेका पोलिटब्युरो सदस्य सुजिता शाक्यले मुलुकमा राष्ट्रिय पुँजी निर्माण गरी समाजवाद कार्यान्वयन गर्न भूमिलगायतका प्राकृतिक साधन र स्रोतमा महिलाको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । अहिले खेतीपातीको काममा महिलाको सहभागिता बढ्दै गएकाले किसान सूचीकरणमा सुनिश्चित गरेरमात्र न्यायपूर्ण शक्ति सम्बन्धमा परिवर्तन ल्याउन सकिने र मुलुकलाई समृद्धितर्फ लैजान सकिने उनको धारणा थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य रचना खड्काले महिला किसानले कृषि कर्ममा पु¥याएको योगदानको आधारमा उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै परम्परागत कार्य विभाजनलाई वैज्ञानिक रूपमा सच्चाएर महिलाको पैतृक सम्पत्तिमा हक कायम हुनुपर्ने बताइन् । महिला किसान संघका अध्यक्ष सरिता भुसालले जमिनको खनजोत, बाली लगाउने, स्याहार गर्ने र बाली भित्र्याउने तथा उत्पादनदेखि भण्डारणसम्मको प्रक्रियामा महिलाको जिम्मेवारी भए पनि उनीहरू किसानको गणनामा सूचीकृत हुन नसकेको गुनासो गरिन् । कार्यक्रममा सहभागी महिला किसानले आफ्ना पहिचान स्थापित गरी सो वर्गको आर्थिक विकास तथा आत्मनिर्भरताको खाँचो औँल्याए ।













समाचार
प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग
बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन
माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै