
भोजपुर । पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘गाई–भैंसी नयाँ पकेट विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। विगतका वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम अघि बढाएको हो।
गाउँपालिकाको रु २५ लाख र किसानको रु २५ लाख लागत साझेदारी गरी कुल रु ५० लाखबराबरको बजेटमा यो कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। उनका अनुसार किसानका मागका आधारमा उन्नत जातका गाई तथा भैँसी वितरण गरिनेछ। गत आवमा पनि यहाँका किसानलाई ३९ वटा उन्नत जातका गाई वितरण गरिएको थियो। यस वर्ष पनि इच्छुक समूह तथा फार्महरूका लागि सूचना जारी भइसकेको उनले बताए।
गाउँपालिकाका अध्यक्ष किरण राईले किसानलाई पशुपालनमार्फत आर्थिक रूपमा सबल बनाउनुका साथै पोषण सुरक्षामा समेत टेवा पुर्याउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए। “विगतका वर्षबाट नै किसानलाई उन्नत जातको गाईभैँसी वितरणको कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, अध्यक्ष राईले भने, “यो वर्ष पनि किसानलाई गाईभैँसी वितरणको तयारी गरेका छौँ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिला विकास बोर्डअन्तर्गत ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत पशुपालन तथा कृषिका क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको बताइन्।
सो कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम परियोजना कार्यान्वयन म्यानुअल २०७७ (पहिलो संशोधन २०८१) को स्वीकृत मापदण्डअनुसार सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। कार्यक्रममा कृषि–पशु समूह, समिति, सहकारी, वन उपभोक्ता समिति तथा दर्तावाला कृषि तथा पशुपालन फार्मले प्रस्ताव दर्ता गर्न सक्नेछन्।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद