
पर्सा । मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेश प्रदेशमा पर्यटकको सवारी साधनको आवतजावतमा कुनै अवरोध नरहेको बताएका छन् । मन्त्री मियाँले वीरगन्जमा पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको आयोजनामा एवम् होटेल व्यवसायी संघ पर्साको सहआयोजनामा सम्पन्न पर्यटक सुरक्षा र प्रवर्द्धनमा पर्यटकको भूमीका विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
मधेश प्रदेशका भारतीय सिमानाकासँग जाडिएकाले भारतीय पर्यटकलाई बोकेर आउने सवारी साधनलाई चेकजाचँको नाममा दुःख दिने काम सुरक्षा निकायद्वारा हुने गरेको गुनासो भ्रम फैलालाउने उद्देश्यबाट गरिएको उनको भनाइ छ । उनले मधेश प्रदेशमा पर्यटन स्थलको सम्भावना निकै रहेकाले प्रदेश सरकारले संघीय सरकारको सहकार्यमा त्यस्ता पर्यटकीय स्थलको पहिचान गरी पर्यटकीय तथा रमणीय स्थलको विकास र विस्तार गरिने जानकारी दिए ।
मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानीरिक्षक लालमणि आर्चायले नियतबस कुनै पनि भारतीय नम्बर प्लेटको सवारी साधनको आवत जावतका कुनै प्रकारको अवरोध प्रहरीबाट नहुने बताए । उनले खुल्ला सिमानाकाका कारण केही समस्या देखिएको र आपाराधिक गतिविधिमा भारतीय नम्बर प्लेटको सवारी साधनको प्रयोग बेलाबखतमा हुने गरिएकाले निगरानी बढाइएको भए पनि पर्यटक बोकेको सवारी साधनमा कुनै अवरोध नहोस् भनि आफैँले निगरानी गर्ने गरेको बताए ।
कार्यक्रमका सभापति होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले मधेश प्रदेशमा पर्यटन र पर्यटन व्यवसायी मैत्री नभएकाले यसमा सुधारका साथै तीनै तहका सरकारको सहभागिता मैत्रीपूर्ण रुपमा हुनुपर्ने सुझाव दिए ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै