
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले १३ औँ वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।
सभामा चुक्तापुँजीको आधारमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश हुनेछ । यस्तै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पेश गरिनेछ ।
त्यसैगरी अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसको आधारमा पुस ८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













समाचार
मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक
इजिपी प्रणाली बन्द भएकोमा नेकपाको आपत्ति, निष्पक्ष छानबिनको माग
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल
३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन
चेम्बरका अध्यक्ष अग्रवालले भेटे एडीबीका शिक्षा विशेषज्ञ
प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग
बेनी हाइड्रोपावरको आईपीओमा २३ लाखभन्दा बढीको आवेदन
माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ