
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३.८ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६.५० बिन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
वित्त कम्पनीको शेयर मूल्यमा आज उच्च अंकको गिरावट आएको छ । वित्त समूह ५.१९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह दुई दशमलव ७७ प्रतिशत र व्यापार समूह पनि घटेको छ । बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर एक दशमलव ७३, लगानी ०.०८, जीवन बीमा शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव ५१, लघुवित्त १.४१, म्युचुअल फन्ड शून्य दशमलव ३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज ०.०६ प्रतिशतले बढेको छ ।
सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४. ०१ प्रतिशतले बढेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता सेयर किनबेच भएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बोस्नियालाई हराउँदै आयाेजक अमेरिका अन्तिम १६ मा प्रवेश
नेबिको लिमिटेडको विशेष सधारणसभा आह्वान, के के छन् एजेण्डा ?
कतारमा भइरहेको अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकारात्मक
ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
पोखरा महानगरको बजेट पारित
पाँच वर्षपछि बल्ल सकियाे म्याग्दीको दरवाङ–निस्कोट सडक स्तरोन्नति
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
पुनरागमन जित सहित बेल्जियम विश्वकपको अन्तिम १६ मा, सेनेगलको बाहिरियो
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा