
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ५ दशमलव ३२ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २५९१ दशमलव ५६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ६७ अंकले घटेर ४४२ दशमलव ८९ विन्दुमा पुगेको छ । त्यस्तै आइतबार १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको सेयर मूल्य घटेको छ ।
सेयर बजारमा सामान्य अंकले बढेको दिन बजारमा ४ अर्ब ८६ करोड २ लाख १ हजार ९७४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२७ कम्पनीका ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ६१ हजार १६७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त, दोर्दी खोला जलुविद्युत कम्पनी र ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह