
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्नका लागि ठाकुरबाबा नगरपालिकामा प्रथम ठाकुरबाबा उद्योग, कृषि, पर्यटन प्रविधि तथा सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ । ठाकुरबाबा उद्योग वाणिज्य संघले महोत्सवको बारेमा जानकारी गराउँदै बर्दिया राष्ट्रिय निकुञ्जलगायत बर्दिया जिल्लाको पर्यटन प्रवर्धनका लागि आगामी माघ १४ गतेबाट महोत्सवको आयोजना गर्न लागिएको बताएको हो ।
संघका अध्यक्ष गणेश कुँवरले ठाकुरबाबा नगरपालिकामा लुम्बिनी प्रदेशमै बढी पर्यटक भित्र्याउन धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने, कृषिमा रहेको व्यापार प्रवर्धन तथा कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने, स्थानीय कलाकारहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखी महोत्सवको आयोजना गर्न लागिएको बताए । महोत्सव अवधिभर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विशेष सुविधा र प्याकेज दिइने उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष महेन्द्र पङ्गेनीले बताए । ‘बर्दिया जिल्लामा भित्रिएका पर्यटकहरूका लागि छिट्टै नै आकर्षक प्याकेजहरू सार्वजनिक गर्दैछौँ, आन्तरिक बाह्य र विशेषगरी भारतीय पर्यटक भित्र्याउने योजना छ,’ उनले भने ।
महोत्सवका मुख्य आकर्षणहरुमा विद्यालयस्तरीय विज्ञान प्रतियोगिता, कृषि उत्पादन प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता स्थानीय स्तरमा उत्पादित हस्तकला प्रदर्शनीका साथै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने वरिष्ठ उपाध्यक्ष पङ्गेनीले बताए । माघ १४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा करिब ७० लाख खर्च हुने अनुमान आयोजकको छ । महोत्सवमा १२० वटा स्टल राखिने आयोजकले जनाएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह