काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिमा र परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले यहि माघ २३ देखि २५ गते बिहान बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हो ।
उक्त तालिम १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्स पाउनका लागि परीक्षा अनिवार्य गरेकाले माघ २५ गते बेलुका ५ देखि साढे ६ बजेसम्म परीक्षा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । तालिम र परीक्षा काठमाडौंको नयाँ बानेश्वर शाखामा सञ्चालन हुनेछ । यसमा एसएलसी वा सो सरहको परीक्षा पास गरेकाले सहभागिता जनाउन सक्नेछन् ।
यसका लागि नागरिकता, पासपोर्ट साइजको ३ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र कम्पनीको इमेल ठेगानामा पठाउनु पर्नेछ ।