
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कृषि विकास बैंकको नाफा २९ प्रतिशतले घटेको छ । बैकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २९.३५ प्रतिशतले नाफा घटेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा १३ अर्ब २८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १० अर्ब ५२ करोड ९४ लाख रुपैयाँ गरेको छ । उक्त आम्दानी २९ प्रतिशतले घटेको हो ।
बैंकको सञ्चालन नाफा १ अर्ब ४ करोड ९६ लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको खराब कर्जा ४.९० प्रतिशत पुगेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व