
विराटनगर । उद्योग संगठन मोरङद्वारा आयोजित विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेशन तथा इन्भेष्टमेन्टको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । यही माघ ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपील ओलीले गर्ने भएका हुन् ।
संगठनले यस पटकको आठौं संस्करणको विराट एक्स्पो आगामी माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना गर्दैछ । कार्यक्रमको उद्घाटन माघ ११ गते २ वजेका लागि निर्धारण गरिएकोमा एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रिय स्तरको स्वरूपमा आयोजना गर्ने तयारीका लागी केही प्रविधिक विषय व्यवस्थापनका कारण उद्घाटन एक दिन पछि सार्नु परेको आयोजनकले जनाएको छ ।
युवा उद्यमशीलता प्रवर्धनमा फोकस यसपटकको एक्स्पोमा डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिएको छ । उद्यम तथा व्यवसायका लागि संगठनको सेन्टर फर एक्सेलेन्स, रोजगारका लागी रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधिको शोकेश, प्रत्यक्ष प्राविधिक तालिम तथा करिअर काउन्सेलिङ, आर्यडियालाई उद्यमशिलतामा रुपान्तरण गर्न स्टार्टअप हाकाथन, दैनिक थिमेटिक कन्फेरेन्स, प्रविधि र फेसनलाई झल्काउने थिमेटिक फेशन शो, दैनिक विद्यार्थीहरुका लागि उद्यमशीलता माईन्डसेटसम्बन्धी प्रशिक्षण कार्यशाला, कफि सम्बन्धी लाटेआर्ट प्रतिष्पर्धा, कफि टेस्टिङ, दैनिक साँस्कृतिक कार्यक्रम लगायतका फरक फरक प्रकृतिका कार्यक्रममार्फत सबै वर्गलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएकाले आम सर्वसाधारण, सरोकारवाला सबैलाई एकपटक अवलोकन गरिदिनुहुन आयोजनकले अनुरोध गरेको छ ।
उद्घाटनपश्चात माघ २० गतेसम्मका निर्धारित अन्य सबै कार्यक्रमहरु यथावत रुपमा सञ्चालन हुने पनि आयोजकले जनाएको छ ।












समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज