नेक्सजेन म्यानेजमेन्टले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा दिने

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने निर्णय गरेको छ । अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा माघ १५ गते बसेको संचालक समितिको बैठकले २०८१ फाल्गुन १ गतेबाट बैंक वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालनको घोषणा गरेको छ । यो कम्पनी बैंक वित्तीय संस्थासँग सम्झौता गरेर ऋणीलाई न्यूनतम शुल्कमा परामर्श दिनेछ। यस अन्तर्गत उद्योग व्यवसायलाई कर्जा र बिक्री रकमको उचित प्रयोग, लेखा प्रणाली र कर व्यवस्थापन, कस्टमर रिलेशनशिप, बजार व्यवस्थापन, उधारो बिक्री र असुली व्यवस्थापन, फण्ड म्यानेजमेन्ट र नियमकिय व्यवस्था परिपालनको लागि परामर्श दिइनेछ ।

कर्जा प्रवाहका लागि नेक्सजेन र बैंक वित्तीय संस्थाबीच सम्झौता हुने र ऋणीले मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रहेर स्थलगत अवलोकन र परामर्श सेवा लिनेछन् । यस प्रकारको परामर्श सेवा ऋणी आफैले पनि सम्झौता गरेर लिन सक्नेछन् । देशमा आर्थिक संकट बढ्दै गइरहेको र खराब कर्जाको बोझ बढ्दो स्थितिमा, नेक्सजेन म्यानेजमेन्टको यो सेवा बैंक वित्तीय संस्थाका ऋणीहरूलाई उपयोगी र फलदायी हुने विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार