
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने निर्णय गरेको छ । अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा माघ १५ गते बसेको संचालक समितिको बैठकले २०८१ फाल्गुन १ गतेबाट बैंक वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालनको घोषणा गरेको छ । यो कम्पनी बैंक वित्तीय संस्थासँग सम्झौता गरेर ऋणीलाई न्यूनतम शुल्कमा परामर्श दिनेछ। यस अन्तर्गत उद्योग व्यवसायलाई कर्जा र बिक्री रकमको उचित प्रयोग, लेखा प्रणाली र कर व्यवस्थापन, कस्टमर रिलेशनशिप, बजार व्यवस्थापन, उधारो बिक्री र असुली व्यवस्थापन, फण्ड म्यानेजमेन्ट र नियमकिय व्यवस्था परिपालनको लागि परामर्श दिइनेछ ।
कर्जा प्रवाहका लागि नेक्सजेन र बैंक वित्तीय संस्थाबीच सम्झौता हुने र ऋणीले मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रहेर स्थलगत अवलोकन र परामर्श सेवा लिनेछन् । यस प्रकारको परामर्श सेवा ऋणी आफैले पनि सम्झौता गरेर लिन सक्नेछन् । देशमा आर्थिक संकट बढ्दै गइरहेको र खराब कर्जाको बोझ बढ्दो स्थितिमा, नेक्सजेन म्यानेजमेन्टको यो सेवा बैंक वित्तीय संस्थाका ऋणीहरूलाई उपयोगी र फलदायी हुने विश्वास लिएको छ ।














समाचार
दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र
बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामकाे निरी
ईएसजी, जलवायु प्रतिवेदन तथा दिगो वित्तसम्बन्धी राष्ट्रिय संवादमा आईक्यानको नेतृत्व
अमेरिकाको चेतावनीपछि जी–७ ले १० करोड ब्यारेल तेल र डिजेल बजारमा पठाउने
डडेल्धुराबाट शेरबहादुर र धनगढीबाट आरजु सर्वसम्मत क्षेत्रीय प्रतिनिधि
सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो: ट्राफिक प्रहरी
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची