रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा विशेष गरी संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र आन्तरिक मनोनयनका विषयमा छलफल हुनेछ।

बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा, केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा “हामी आउँदै छौँ” अभियान सम्बन्धमा र मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा आवश्यक छलफल तथा निर्णय गर्ने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर