
काठमाडौं । यो साता पनि सेयर बजार घटेर नै कारोबार भएको छ । गत साता पनि घटेको बजार यो साता पनि घटेर नै बन्द भएको हो । यो साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । गत साता २६२९.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६२ प्रतिशत अर्थात ४२.५६ अंक घटेर २५८७.२५ विन्दुमा बन्द भएको हो ।
यो साता सेयर बजार पुरै पाँच कारोबार दिनका लागि खुलेको थियो । जसमध्ये एक कारोबार दिन नेप्से बढेको थियो भने बाँकी चार दिन घटेर कारोबार भएको थियो । साता भरमा फ्लोट इण्डेक्स १.२८ प्रतिशत घटेको छ भने सेन्सेटिभ इण्डेक्स १.५६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ प्रतिशत घटेको छ। नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ६ अर्ब २८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ४ अर्ब ७९ करोड रुपैयाँको सेयर मात्रै किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २३.६५ प्रतिशत कम हो। त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ३९.६१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १५.८० प्रतिशत घटेको छ ।
यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशतभन्दा बढी घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब २३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७३ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत घटेको छ । गत साता ७१७१.१९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यो साता १९४.११ अंक घटेर ६९७७.०८ विन्दुमा झरेको छ । त्यस्तै, अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २३२.७६ अंक घटेको छ । गत साता ११ हजार ८८४.४७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यो साता १.९६ प्रतिशत घटेर ११ हजार ६५१.७१ विन्दुमा झरेको छ ।
यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा कम ०.६८ प्रतिशत घटेको छ । गत सातता १५०४.७७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १०.३० अंक घटेर १४९४.४७ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.२० अंक घटेको छ ।












समाचार
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन