
काठमाडौं । भदौ १० गतेको रसुवा बाढीपछि देशको प्रमुखमध्येको पृथ्वीराजमार्गमा पनि कटान र पहिरोले क्षति पुर्याएको छ। राजमार्गको कृष्णभिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध छ। उक्त सडक हुँदै काठमाडौं भित्रिने ठूला मालबाहक र सवारी साधनहरू वैकल्पिक सडक भएर गुडिरहेका छन्।
नेपाल आयल निगमले पनि व्यवसायीहरूसँग समन्वय गरेर उक्त सडक भएर आउजाउ गर्न नसकेपछि त्रिभुवन राजपथको बाटोबाट पेट्रोलियम पदार्थ भित्र्याइरहेको बताएको छ। यही सडकखण्ड हुँदै एलपी ग्यास अहिले तराइकै उद्योगमा सिलिन्डर भरेर काठमाडौं ल्याउन थालिएको निगमले जनाएको छ।
भदौ १८ गते उपत्यकाको लागि विभिन्न ब्रान्डका साढे २४ हजार र १९ गते ३२ हजार १३४ थान भरिएको सिलिन्डर ल्याइएको निगमको दाबी छ। त्यस्तै खोज तथा उद्धारमा प्रयोग भएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमै तेल भर्ने व्यवस्था मिलाइएको छ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’
भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन