
काठमाडौं । देशमा मिति २०८२ साल असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्धे हालसम्ममा करिव रू. १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम करिव रु. ३ अर्ब २१ करोड ५० लाखम्रध्ये करिव रु. ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव रु. ४७ करोड ६६ लाखमध्ये करिव रु. १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव रु. ४ करोड १४ लाखमध्ये करिव रु. १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव रु. २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको छ ।
मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रु. १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव रु. १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव रु. १० को बीमा दाबी भुक्तानी शुरु भएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बताए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह