
काठमाडौं । नेपालका वाणिज्य बैंकहरूको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था हेर्दा नाफामा उल्लेख्य सुधार देखिए पनि लाभांश क्षमतामा भने अपेक्षित उत्साह देखिएको छैन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार समग्रमा बैंकहरूको नाफा बढेको छ तर सेयरधनीले पाउने प्रतिफलमा असमानता देखिएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक भने अझै नेप्सेमा सूचीकृत छैन।
चैत मसान्तसम्म २० वटै वाणिज्य बैंकहरूले मिलेर ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन्। जुन अघिल्लो वर्षको सोही अवधिको ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँको तुलनामा करिब १९.३० प्रतिशतले बढी हो।
बैंकहरूले नाफाका आधारमा सेयरधनीलाई लाभांश वितरण गर्ने गर्छन्। तेस्रो त्रैमाससम्मको नतिजाले सूचीकृत बैंकमध्ये केवल ६ वटाले मात्र दोहोरो अंक (डबल डिजिट) मा लाभांश दिन सक्ने देखाएको छ। तीमध्ये एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिन्छ, जसको लाभांश क्षमता ३१ प्रतिशतभन्दा माथि पुगेको छ। यससँगै नबिल बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल एसबीआई बैंक र ग्लोबल आइएमई बैंक पनि डबल डिजिट लाभांश दिने अवस्थामा छन्। यसबाहेक धेरै बैंकहरूको लाभांश क्षमता एकल अंकमै सीमित छ। माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकले १० प्रतिशतभन्दा कम लाभांश दिन सक्ने देखिन्छ।
तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार सूचीकृत बाँकी ६ बैंकहरूले हालसम्म लाभांश वितरण गर्न सक्ने अवस्था देखिएको छैन।














समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि